Ads

आज संघीय संसद्का दुई वटा समितिको बैठक बस्दै


काठमाडौँ । संघीय संसद्का दुई वटा समितिको बैठक आज बस्दैछन् । जसमा प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बिहान ११ बजे सिंहदरबारमा बस्दैछ ।

बैठकमा त्रिविको उपकुलपति नियुक्तिका विषयमा भइरहेको काम र सार्वजनिकरुपमा उठेका प्रश्नहरूको बारेमा छलफल हुने समितिका सभापति भानुभक्त जोशीले जानकारी दिए ।

यस्तै आज सार्वजनिक लेखा समितिको बैठक पनि बस्दैछ । बैठक बिहान ११ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा समाज कल्याण परिषदमा आबद्ध सम्पूर्ण राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले गरेका खर्च, सोको उपलब्धि र सुधारका पक्षहरूका विषयमा छलफल हुने कार्यक्रम छ ।

Ads

सम्बन्धित पोष्टहरू