काठमाडौँ । राष्ट्रिय दलको मान्यता नपाएका साना दलहरुले स्थानीय तहको चुनावमा आफ्नै चुनाव चिह्न पाउने भएका छन् ।
निर्वाचन आयोगका अनुसार राष्ट्रिय दलको मान्यता नपाएका राजनीतिक दलका उम्मेदवारहरुलाई आयोगले स्वतन्त्र उम्मेदवारका रुपमा लिने र सोही अनुसार चुनाव चिह्न प्रदान गर्ने भनिएकको थियो । तर राष्ट्रिय दलको मान्यता नपाएका दलहरुलाई उनीहरुकै चुनाव चिह्न दिन निर्वाचन आयोग तयार भएको छ ।
चुनावका लागि ती दलहरुले मतपत्र छाप्नु अघि नै आफ्नो दलको संगठनात्मक संरचना कति जिल्लाामा छ त्यसको विवरण निर्वाचन आयोगलाई दिनुपर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्