Ads

एमालेको ठहर-महाअभियोग पारित गर्ने उद्देश्यले नभई अदालतलाई आफू अनुकूल चलाउन


काठमाडौं । सत्ता गठबन्धनले न्यायपालिकालाई अस्थिर र आफ्नो नियन्त्रणमा राख्ने काम गरेको भन्दै एमालेले त्यसको भण्डाफोर गर्ने भएको छ ।

संसदीय दलको बैठकले सत्ता गठबन्धनले न्यायपालिकालाई आफ्नो नियन्त्रणमा लिने कार्य गर्दै आएको भन्दै त्यसको संवैधानिक तथा कानुनी प्रतिवाद गर्दै भण्डाफोर गर्ने निर्णय गरेको प्रमुख सचेत विशाल भट्टराईले जानकारी दिनु भयो ।

बैठकमा दलका नेता केपी शर्मा ओलीले अदालतलाई आफू अनुकूल चलाउन गठबन्धनले प्रधानन्यायाधीशविरुद्धको महाभियोग प्रस्ताव ल्याएको भन्दै त्यसको भण्डाफोर गर्नुपर्ने बताउनु भएको थियो । उहाँले यसको कडा रूपमा प्रतिवाद गर्न निर्देशन दिनुभएको भट्टराईले जानकारी दिनु भयो ।

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्ताव पारित गर्ने उद्देश्यले नभई अदालतलाई आफू अनुकूल चलाउन आएको, जुन कुरा संसद्को अधिवेशन अन्त्य गर्नुले पुष्टि गरेको ओलीको भनाइ थियो ।

आजको बैठकमा १०औं महाधिवेशनको समेत समीक्षा गरिएको प्रमुख सचेतक भट्टराईले जानकारी दिनु भयो ।

 

Ads

सम्बन्धित पोष्टहरू