Ads

दुर्गा प्रसाईंले पत्रकार सम्मलेन गर्दै, राष्ट्रिय प्रजातन्त्र पार्टी सँग वार्ता नगर्ने


काठमाण्डौ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईंले पत्रकार सम्मलेन गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)सँग वार्ता नगर्ने बताएका छन् ।

राप्रपाले आफ्नो अभियानमा सहयोग गर्न नभई बिथोल्न खोजेको प्रसाईंको आरोप छ । उनले आफू एमालेको केन्द्रीय सदस्य रहेको बताउँदै राप्रपामा भित्रिने कुरा कल्पना भन्दा बाहिर रहेको बताएका छन् ।

प्रसाईंले आफूले अभियानमा राप्रपाका मानिससमेत नल्याउने बताएक छन् । उनले आफ्नो अभियान अब लघुवित्त, सहकारीहरूलाई गाउँ पस्न रोक्दै आम हडतालको तयारीमा जुटेको जानकारी दिएका छन् ।

Ads

सम्बन्धित पोष्टहरू