Ads

ओली निस्किएलगत्तै बालुवाटारमा देउवाकाे इन्ट्री


काठमाडाैँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छुट्टाछुट्टै भेट गरेका छन्।

प्रधानमन्त्री प्रचण्डले विहान प्रधानमन्त्री निवास बालुवाटारमा अध्यक्ष ओलीसँग एक घन्टा र सभापति देउवासँग ४० मिनेट वार्ता गरेका थिए। एमाले अध्यक्ष ओलीसँग छलफल भइसकेपछि प्रधानमन्त्रीले कांग्रेस सभापति देउवासँग कुराकानी गरेका थिए।

प्रधानमन्त्री प्रचण्डले संसदको कानुन न्याय तथा मानवअधिकार समितिमा विधाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयक टुंगो लगाउने विषयमा छलफल गरेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

संसदको कानुन,न्याय तथा मानवनअधिकार समितिमा संक्रमणकालीन न्यायका विषयमा छलफल हुनुअघि उनीहरूबीच भेटवार्ता भएको हो। दलहरूबीच कुरा मिल्न नसक्दा संक्रमणकालीन न्याय सम्बन्धि विधेयक संसदको कानुन समितिमा लामो समयदेखि अड्किएर बसिरहेको छ।

प्रतिनिधि सभाको समितिमा विचाराधीन संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा सहमति जुटाउन प्रधानमन्त्री प्रचण्डले गरेका दर्जनौं छलफल असफल हुँदै आएका छन्।

उक्त विधेयक संसद्को कानुन समितिमा छ । समितिबाट सहमतिमै विधेयक अघि बढाउने पक्षमा प्रधानमन्त्री छन् । आजै समितिमा यो विधेयकमाथि छलफल हुँदैछ । त्यसअघि प्रधानमन्त्री प्रचण्डले दुई दलका नेतासँग कुराकानी गरेका हुन् । यसअघि नेकपा एमालेले टीआरसी अघि बढाउँदा पीडित मैत्री बन्नुपर्ने भन्दै चार बुँदामा असहमति जनाएको थियो । तर पछिल्लो समय एमाले आफ्नो अडानप्रति केही लचक हुने संकेत देखिएको नेताहरूको भनाई छ ।

Ads

सम्बन्धित पोष्टहरू