काठमाडाैँ । नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले लेनदेनका आधारमा बनेको वर्तमान सत्तागठबन्धन आफूभित्रका समस्याका कारण लामो समय नटिक्ने दाबी गरेका छन् ।
सत्तामा जानको लागि एमालेलाई कुनै हतारो नभएको उनले बताए ।
आइतवार जनकपुरमा पत्रकारहरूसँग कुरा गर्दै उपाध्यक्ष पौडेलले देशको अग्रगतिका लागि गठबन्धन बाधक रहेको बताएका हुन् ।
प्रधानमन्त्री प्रचण्डलाई एमालेले काँध थाप्न लागेको हो भन्ने सञ्चारकर्मीको प्रश्नमा पौडेलले भने– ‘काँध थाप्ने/नथाप्ने प्रश्नै होइन नि, पहिले गठबन्धन कुन रुपमा अगाडि बढ्छ हेरौं न !’
पछिल्लो समय प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी ओलीबीच बाक्लो भेटवार्ता भइरहेको छ ।
पूर्व अर्थमन्त्रीसमेत रहेका पौडेलले देशको अर्थतन्त्रलाई सुधार्न नीति र प्रक्रियामा नै सुधार गर्न जरुरी रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्