Ads

एमाले प्रमुख सचेतकमा बर्तौला र सचेतकमा बराल


काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको प्रमुख सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएको छ ।

सो दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई आज उक्त जिम्मेवारी दिएका छन् ।

यसअघि प्रमुख सचेतक रहनुभएका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्य भएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएको हो । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।

Ads

सम्बन्धित पोष्टहरू