Ads

लुम्बिनीका मुख्यमन्त्रीले गरे माओवादीका दुई मन्त्रीलाई बर्खास्त


काठमाडाैँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले माओवादीका दुई मन्त्रीलाई बर्खास्त गरेका छन् ।

मुख्यमन्त्री चौधरीले माओवादीका अर्थमन्त्री धनबहादुर मास्की र सहरी विकास मन्त्री कृष्णा केसीलाई बुधबार बिहान बर्खास्त गरेको मन्त्री सरोज थापाले जानकारी दिए ।
केन्द्रमा समीकरण भत्किएपछि लुम्बिनीमा पनि माओवादी मन्त्रीहरूलाई सरकारबाट हटाइएको हो ।

मुख्यमन्त्रीले २ वटा मन्त्रालय आफूसँगै राखेका छन् ।
मुख्यमन्त्रीले दुई मन्त्री बर्खास्त गरेपछि माओवादीले लुम्बिनी सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

 

 

Ads

सम्बन्धित पोष्टहरू