Ads

किन सवैको चासो बन्यो ईलाम–२ ?


ईलाम\ वैशाख १५ का लागि तोकिएको उपनिर्वाचन तालिकामा ईलामको क्षेत्र नं. २ अधिक चर्चामा छ । यसको कारण हो संविधानसभा अध्यक्ष एवम् एमाले उपाध्यक्ष सुवाशचन्द्र नेम्वाङको लामो बिरासत ।

यहाँको उपनिर्वाचनका लागि उम्मेद्वार बन्न उनै नेम्वाङका छोरा सुहाङ्ले पनि पार्टीमा निवेदन दिएका छन् । नेकपा एमालेका उपाध्यक्षसमेत रहेका संविधानसभाका सदस्य नेम्बाङको निधन भएपछि हुन लागेको उपनिर्वाचनमा उनकै छोरा सुहाङले पनि उम्मेदवार बन्न पार्टीको इलाम जिल्ला कमिटीमा निवेदन दिएका हुन् ।

आगामी चैत ५ गतेभित्र उम्मेदवार सिफारिस गर्न जिल्ला कमिटीले यसअघि नै कार्यदल गठन गरेको थियो । उम्मेदवारको नाम जिल्ला कमिटीमा पठाउन उपाध्यक्ष उदयबहादुर राईको संयोजकत्वमा कार्यदल गठन गरेकोमा कार्यादयलमा निवेदन परेको हो ।

कार्यदलमा सचिव उमेश गुरुङ, उपसचिव विष्णुमाया आचार्य तथा सदस्यहरुमा मुखराज आङ्देम्बे र दीपकिशोर लिङ्दम छन् । कार्यदलले चैत ३ गतेसम्म उम्मेदवारको सूची जिल्ला कमिटीमा पेस गर्नेछ । उपनिर्वाचनमा उम्मेदवार हुन इच्छुकले फागुन २७ सम्म आफ्नो व्यक्तिगत विवरणसहित कार्यदलमा इच्छा जाहेर गर्ने समय तोकिएको थियो ।

 

इलाम निर्वाचन क्षेत्र नम्बर २ को उपनिर्वाचनमा पहिचानवादीको तर्फबाट डकेन्द्रसिंह थेगिम उम्मेद्वार बन्ने पक्का पक्की भएको छ ।

थेगिम प्रदेश १ पुनः नामकरण संघर्ष समितिका संयोजक पनि हुन् । पहिचानको आन्दोलनम नेतृत्व गरिरहेका नेता गोपाल किरातीले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै थेगिमलाई उम्मेद्वार बनाउने सार्वजनिक गरेका हुन् । ‘इलाम–२ उपनिर्वाचनका लागि प्रदेश १ पुनः नामाङ्कन संघर्ष समितिको ९पहिचानवादी० साझा उमेदवारका रुपमा श्री डकेन्द्रसिं थेगिमको नाम निश्चित भएको छ,’ किराँतीले लेखेका छन् ।

Ads

सम्बन्धित पोष्टहरू