काठमाडौं । नेकपा एमालेको पोलिटब्युरोको बैठक सुरु भएको छ ।
स्थानीय तह निर्वाचनको तयारीबारे र समसामयीक राजनीतिक विषयमा छलफल गर्न कार्की व्यांक्वेट बबरमहलमा बैठक बसेको हो ।
बैठक आगामी केन्द्रीय कमिटी बैठकका एजेण्डा, स्थायनीय तहको निर्वाचनको लागि पार्टीको घोषणापत्र निर्माण, उम्मेदवार छनोटको मापदण्ड लगायत विषयमा छलफल हुने एमालेले बताएको छ ।
एमालेले आगामी चैत ९ र १० गते केन्द्रीय कमिटीको बैठक बस्दै छ ।
प्रतिक्रिया दिनुहोस्