Ads

प्रधानमन्त्रीको विपक्षमा मतदान गर्न कांग्रेसको ह्वीप


काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिनिधिसभा बैठकमा लिने विश्वासको मतको विपक्षमा मतदान गर्न दलका सांसदहरूलाई ह्वीप जारी गरेको छ ।

कांग्रेस प्रमुख सचेतक रमेश लेखकले आज एक विज्ञप्ति जारी गर्दै प्रतिनिधिसभाको फागुन ३० गते बस्ने बैठकमा अनिवार्य उपस्थित भइ प्रधानमन्त्री प्रचण्डले लिने विश्वासको मतको विपक्षमा मतदान गर्न ह्वीप जारी गरेका हुन् ।

प्रधानमन्त्री प्रचण्डले काङ्ग्रेससँगको गठबन्धन तोडेर एमालेसहितका दलहरूसँग सहकार्य गरेपछि विश्वासको मत लिने तयारी गरेका छन् । पुनर्गठित नयाँ गठबन्धनमा माओवादीसहित एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी, जसपा र एकीकृत समाजवादी रहेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू