Ads

दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी पक्राउ


काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंका दुई जना निजी सुरक्षाकर्मी (बडिगार्ड)लाई प्रहरीले पक्राउ गरेको छ।

उनीहरुलाई सर्वोच्च अदालतबाट प्रहरीले पक्राउ गरेको हो। प्रहरी स्रोतका अनुसार सर्वोच्च अदालतमा कार्यरत प्रहरीले पक्राउ गरेर उनीहरुलाई काठमाडौँ प्रहरी परिसरसमक्ष बुझाएको छ।

उनीहरु हतियारसहित सर्वोच्च प्रवेश गर्न खोज्दा पक्राउ परेका हुन्। सर्वोच्चका प्रवक्ता वेदनारायण उप्रेतीले हतियारसहित अदालतमा प्रवेश गर्न नपाइने बताए।

Ads

सम्बन्धित पोष्टहरू