Ads

एमाले अध्यक्ष ओलीद्वारा परशुराम धामको दर्शन (फाेटाेफिचर)


काठमाडाैँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली परशुराम धामको दर्शन गर्न पुगेका छन् ।

अध्यक्ष ओली धर्मपत्नी राधिका शाक्यसँगै डडेल्धुराको परशुराम नगरपालिका-५ नदी किनारामै रहेको परशुराम धामको दर्शन गर्न पुगेका हुन। यो चार धाम मध्येको एक धाम हो।

भगवान विष्णुको दश अवतारमध्ये परशुराम अवतार भएको धाम महाकाली नदीको किनारमा एला नदीको संगमसँगै रहेको छ।

एकातिर चूरे पर्वत शृंखला र अर्कोतिर महाभारत पर्वतसँगै भारतको पूर्णागीरी पर्वतको मध्य भागमा रहेको परशुराम धाम डडेलधुराको सदरमुकाम देखि १ सय किलोमिटर र कञ्चनपुरबाट ३९ किलोमिटरको दुरीमा सडक मार्गबाट पुग्न सकिन्छ।

Ads

सम्बन्धित पोष्टहरू