Ads

रवि लामिछानेबारे संसदीय छानबिन समिति गठन गर्न कांग्रेसको माग


काठमाडौं । नेपाली कांग्रेसले उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेका विषयमा छानबिन गर्न संसदीय समिति गठनको माग गरेको छ ।

मंगलबार प्रतिनिधिसभा बैठकमा कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले लामिछानेमाथि सहकारी ठगीको पर्याप्त प्रमाण भएको जिकिर गरे ।

“एउटा छानबिन समिति गठन गरौँ, यो संसदीय अभ्यास हो । दूधको दूध पानीको पानी निष्पक्ष छानबिनको वातावरण सिर्जना गरौँ,” उनले भने ।

लेखकले समिति गठन नगरे संसद् नचल्नुको जिम्मेवारी सरकारले नै लिनुपर्ने बताए ।

Ads

सम्बन्धित पोष्टहरू