Ads

सहकारी ठगी छानबिन गर्न संसदीय समिति बन्न सम्भव छैनः ओली


काठमाडौं । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेमाथि छानबिन गर्न संसदीय समिति गठन गर्नुपर्ने नेपाली कांग्रेसको माग अनावश्यक रहेको नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले टिप्पणी गरेका छन् ।

नयाँ बानेश्वरस्थित संसद् भवन परिसरमा मंगलबार सञ्चारकर्मीसँग उनले छानबिन समिति के लागि भन्दै सम्भव नै नरहेको बताए ।

सरकारबाट बाहिर हुनेबित्तिकै कांग्रेसजस्तो पार्टीले आक्रोश, उत्तेजना देखाएर संसद् अवरुद्ध गर्ने काम गरेको उनको भनाइ छ । परिपक्व प्रतिपक्षीको भूमिकाको निर्वाह गर्न उनले कांग्रेसलाई आह्वान गरे ।

त्यसअघि, संसद् बैठकमा कांग्रेसले सहकारी ठगी प्रकरणमा गृहमन्त्री लामिछानेको संलग्नताबारे छानबिन गर्न संसदीय समिति गठनको माग गरेको थियो ।

Ads

सम्बन्धित पोष्टहरू