Ads

एमाले केन्द्रीय कमिटी : सकियो आजको बैठक, बाँकी छलफल भोली


काठमाडौं । नेकपा एमाले केन्द्रीय कमिटीको तेस्रो बैठक अन्तरगत आजको बैठक सकिएको छ ।

बबरमहलस्थित कार्की ब्यांक्वेटमा आज (बुधबार) बसेको बैठकमा ११ वटा एजेण्डामध्ये कयौंमा छलफल भएको हो ।

भोलि बस्ने बैठकमा सुझाव दिने र बाँकि छलफल गर्ने एमालेले जनाएको छ ।

जारी बैठकको कार्यसूचिमा रहेका एजेण्डाहरु:

१ . रिपोर्टिङ
२ . राजनीतिक प्रतिवेदन
३ . विभागहरूको गठन
४ . स्थानीय निर्वाचनको मापदण्ड र सिफारिश प्रक्रिया
५ . घोषणापत्र तयारी
६ . पार्टीको बार्षिक क्यालेन्डरको तयारी
७ . पार्टी स्थापना दिवस
८ . निर्वाचनमा केन्द्रीय नेतृत्वको भूमिका
९ . सचिवालयको बैठकका निर्णयहरुको अनुमोदन
१० . लेखा तथा आर्थिक व्यवस्थापन विनियम
११ . विविध

Ads

सम्बन्धित पोष्टहरू