काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठक सुरु भएको छ । आजको बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले सहकारी ठगीमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको नाम जोडिएको विषयमा छानबिनको माग गरेको छ । नेपाली कांग्रेसका नेता सञ्जयकुमार गौतमले सहकारी ठगी प्रकरणमा उपप्रधानन्त्री तथा गृहमन्त्रीको नाम मुछिएकोबारे संसदीय छानबिन समितिको माग गर्नुभयो ।
“नौतिकताको पनि प्रश्न हो । यस विषयमा सरकार गम्भीर हुन जरुरी छ । यो विषयमा प्रधानमन्त्रीले दिएको जवाफ, प्रहरी प्रमुखले दिएको जवाफले यो विषयमा न्याय निरुपण कसरी हुन्छ भन्ने संशय पैदा भएको छ”, उनले भने, “यस विषयमा छानबिन गर्न संसदीय छानबिन समिति बनोस् ।
” उनले संसद् आवश्य भएको विषय प्रमुख प्रतिपक्षी दल कांग्रेसले बुझेको भन्दै जनजीविकासँग जोडिएका अनेकौँ विषय सम्बोधन गर्नुपर्ने आवश्यक रहेको बताए । “यस बेलामा संसद्को गरिमा कति हुन्छ भन्ने हामीले बुझेका छौँ । तर सरकारले पनि आफ्नो जिम्मेवारी बुझोस्”, उनले भने ।
संसदीय छानबिन समिति गठन नभएसम्म प्रमुख प्रतिपक्ष दलले यो विषय उठाइरहने उनले बताए । तत्कालीन गृहमन्त्री नारायणकाजी श्रेष्ठले यस विषयमा छानबिन भइरहेको भनेर संसद्मै जवाफ दिएकोमा अहिले त्यो विषय रोकिएको सांसद गौतमले बताए । गृहमन्त्रीमा लामिछानेलाई नियुक्त गरिनु स्वार्थको टकराव ९कन्फ्क्टि अफ इन्ट्रेस्ट० रहेको पनि उनको भनाइ छ ।
आजको बैठकमा ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले ‘अन्तर्राष्ट्रिय सौर्य गठबन्धन ९आइएसए०को स्थापनासँग सम्बन्धित सम्झौतामाथि सामान्य छलफल गरियोस्’ भन्ने प्रस्ताव पेस गर्नेछन कार्यसूची रहेको छ । अर्थमन्त्री वर्षमान पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्ताव पेस गर्नेछन् ।
त्यसैगरी, आजको बैठकमा अर्थमन्त्री पुनले ‘बैंक तथा वित्तीय संस्थासम्बन्धी ९पहिलो संशोधन० विधेयक २०८०’ प्रस्तुत गर्नेछन । ‘भन्सार विधेयक, २०८० दाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव पनि अर्थमन्त्री पुनले आजको बैठकमा पेस गर्नेछन।
आजको कार्यसूचीमा सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री भानुभक्त जोशीले ‘निर्माणमुखी सामग्री (व्यवस्थापन तथा नियमन)विधेयक, २०८० लाई दफावार छलफलको लागि सम्बन्धित समितिमा पठाइयोस्’ भनी प्रस्ताव पेस गर्नेछन ।
प्रतिक्रिया दिनुहोस्