काठमाडौं– नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि सकिँदैछ ।
आज ९ वटा एजेन्डामा छलफल हुने कार्यसूची छ । बुधबारको बैठकमा अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन पेस भएको थियो भने प्रदेशगत रिपोर्टिङ प्रस्तुत गरिएको थियो ।
बैठकका एजेण्डामा सात वटा प्रदेशका प्रतिनिधिले संख्यात्मक र राजनीतिक प्रतिवेदन पेस गर्ने, पार्टी महासचिवले हेडक्वाटरको रिपोर्ट पेस गर्ने, अध्यक्षले राजनीतिक परिवर्तन बारे पार्टीको धारणा राख्ने, विभागहरुको गठन, स्थानीय तहको निर्वाचनको लगि सिफारिस प्रक्रिया र मापदण्ड, स्थानीय निकायको घोषणापत्र तयारी गर्ने, पार्टी स्थापना दिवस मनाउने लगायत छन् ।
प्रतिक्रिया दिनुहोस्