Ads

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार


मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री जम्कट्टेलको सिफारिसमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का प्रदेशसभा सदस्य रमा आलेमगरलाई प्रदेश प्रमुख यादवचन्द्र शर्माले बिनाविभागीय मन्त्री नियुक्त गरेका हुन्।

बागमती प्रदेशका प्रमुख शर्माले नवनियुक्त मन्त्री आलेमगरलाई आजै पद तथा गोपनीयताको शपथ गराए । मुख्यमन्त्री जम्कट्टेलले आगामी एक साताभित्र मन्त्रिपरिषद् विस्तार एवं कार्यविभाजन गरिने राससलाई बताए ।

शपथ ग्रहण समारोहमा मुख्यमन्त्री जम्कट्टेल, सभामुख भुवनकुमार पाठक, उपसभामुख अप्सरा चापागाईँ, मन्त्रीहरू र विभिन्न राजनीतिक दलका नेता तथा विभिन्न मन्त्रालयका सचिव सहभागी थिए । नवनियुक्त मन्त्री आलेमगर काठमाडौँ क्षेत्र नं १० ९२० बाट प्रदेशसभा सदस्य निर्वाचित भएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू