Ads

किन गर्दैछन् नेपालीले नागरिकता त्याग ?


स्याङ्जा,  विभिन्न जिल्ला प्रशासन कार्यालयबाट नेपालको नागरिकता त्याग गर्नेको संख्या उच्च देखिएको छ । यसै क्रममा स्याङ्जामा ७३ जनाले नेपाली नागरिकता परित्याग गरेका छन् । विसं २०६७ जेठ ३ गतेदेखि हालसम्म ४८ जना पुरुष र २५ जना महिलाले नेपाली नागरिकता परित्याग गरेका हुन् ।

प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले नागरिकता परित्याग गर्नेमा सबैभन्दा धेरै २०८० सालमा ३६ जना रहेको बताएकी छन् ।

यस्तै, विसं २०६७ मा दुई, २०६८ मा तीन, २०७० मा दुई, २०७१ मा तीन, २०७२ मा चार, २०७३ र २०७४ मा छरछ, २०७५ मा तीन, २०७६ मा एक जनाले नागरिकता परित्याग गरेको छन् ।

यस्तै, २०७७ मा पाचँ, २०७८ मा एक र २०७९ मा दुई जानले नागरिकता त्याग गरेको प्रमुख जिल्ला अधिकारी नेपालले जानकारी दिनुभयो । यद्यपी, २०६९ सालमा एक जनाले पनि नागरिकता त्याग नगरेको नेपालको भनाइ छ ।

प्रजिअ नेपालका अनुसार डीभी, पीआर लिएका र विदेशी नागरिकसँग विवाह गरेकाले नागरिकता त्याग गरेका हुन् । विदेशी नागरिकता लिने प्रक्रिया थालेसँगै नेपाली नागरिकता परित्याग गर्नुपर्ने व्यवस्था छ ।

नेपाली नागरिकता परित्याग गरेर सबैभन्दा धेरै १७ जनाले अमेरिकी नागरिकता प्राप्त गरेका छन् भने अस्ट्रेलिया १५, हङकङ १२, बेलायत ११, कोरियन तथा जर्मनी तीन\तीन जना रहेक छन् भने न्यूजील्याण्ड, चीन र पोर्चुगल दुई\दुई जना रहेका छन् ।

यस्तै, क्यानडा, केन्या, बेल्जीयम, युगाण्डा, फ्रान्स, फिनल्याण्डका नागरिकता लिने एकरएक जना रहेका छन् । राजनीतिक अस्थिरता, भ्रष्टाचार, वेरोजगार, शिक्षा र स्वास्थ्यलाई मुख्य कारण देखाउदै विदेशी मुलुक छिरेका नेपाली नागरिकपछि उतै रमाउने र अन्ततः उतैका नागरिक भई बस्न चाहना गर्ने गरेको देखिएको छ ।

Ads

सम्बन्धित पोष्टहरू