Ads

पदबाट राजीनामा दिने तयारी गर्दै मुख्यमन्त्री चौधरी


बुटवल । विश्वासको मत नपाउने सम्भावना भएपछि लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले पदबाट राजीनामा दिने भएका छन् ।

उनको आज दिउँसो ४ बजे संसद्‌मा विश्वासको मत लिने कार्यसूची थियो । त्यसका लागि उनले अन्य दलहरूसँग सहकार्य गरेर विश्वासको मत लिने तयारी गरे पनि जसपा नेपाल लगायतका दलहरूले विश्वासको मत नदिने भएपछि राजीनामा दिने तयारीमा जुटेका हुन् ।

गठबन्धनका कारण बहुमत नपुग्ने भएपछि साथीहरूबाट पनि राजीनामा दिनुपर्ने आवाज आएको छ, सायद त्यस्तै हुन्छ होला, उनले भने, ।’मुख्यमन्त्री चौधरीले प्रदेशसभा बैठकमा विश्वास मतको प्रस्ताव नराखी सिधै सम्बोधन गरेर राजीनामा दिने संकेत छ । ८७ सदस्यीय लुम्बिनी प्रदेशसभामा सरकार निर्माणका लागि ४४ सांसदको समर्थन आवस्यक पर्दछ ।

यहाँ कांग्रेसका २७ सांसद छन् । कांग्रेसले अन्य दलहरूसँग संवाद गरेको भएपनि विश्वासकाे मत पाउनका लागि आवश्यक सांसद सङ्ख्या अपुग हुने भएपछि मुख्यमन्त्रीले राजीनामा दिन लागेका हुन् ।

लुम्बिनीमा एमालेका २९, कांग्रेसका २७, माओवादीका सभामुखसहित ११, नागरिक उन्मुक्ति र जनमतका ४–४, राप्रपा, जनता समाजवादी र लोकतान्त्रिक समाजवादीका ३–३, राष्ट्रिय जनमोर्चा र नेकपा एकीकृत समाजवादीका १–१ र एक स्वतन्त्र सांसद छन् ।

Ads

सम्बन्धित पोष्टहरू