काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहान ११ बजेका लागि बोलाइएको छ । तर, संसद् बैठक सहज बनाउन प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस तयार नभएपछि बैठक बस्ने सम्भावना भने कमै देखिन्छ ।
उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने सहकारी ठगी प्रकरणमा मुछिएको भन्दै कांग्रेसले त्यसका लागि संसदीय छानबिन समिति गठन नभए आजको बैठक अवरुद्ध गर्ने चेतावनी दिएको थियो । अघिल्ला बैठकहरूमा लगातार यो विषय उठाउँदै आएको कांग्रेसले चैत २१ गते बसेको प्रतिनिधिसभाको बैठकमा पनिसोही अडान दोहोर्याएको थियो ।
त्यसपछि हिजो संसद् बैठकमा कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल गर्न पार्टी सभापति देउवाको निवासमा कांग्रेस पदाधिकारी बैठक बसेको थियो । बैठकले मन्त्री लामिछाने मुछिएको सहकारी ठगीको विषयमा संसदीय छानबिन गठन गरिनुपर्ने मागबाट पछि नहट्ने अडान कायमै राखेको छ ।
सभामुख देवराज घिमिरेले पनि प्रमुख दलहरुबीच संसद्को अवरोध हटाउने विषयमा सहमति जुटाउन हिजो गरेको प्रयाससमेत सफल भएन । यता संसद् बैठक सहज बनाउने प्रयास सकारात्मक नदेखिएपछि सरकारले अधिवेशन नै अन्त्य गर्ने तयारी गरेको छ
प्रतिक्रिया दिनुहोस्