पोखरा । नेपाली कांग्रेस कास्कीका नेता खेमराज पौडेलको ८१ वर्षको उमेरमा शुक्रबार निधन भएको छ । उनि नेपाली कांग्रेस कास्कीका पाका नेता हुन् ।
फोक्सोको क्यान्सरबाट पीडित पौडेलको उपचारका क्रममा शुक्रबार बिहान पोखराको फेवासिटी अस्पतालमा निधन भएको हो । उनका पत्नी, २ भाइ छोरा र ३ बहिनी छोरी छन् । पौडेलको शुक्रबार नै सेती नदी रामघाटमा अन्त्येष्टि गरिएको छ ।
२०७४ सालको उपनिर्वाचनमा उनी कास्की क्षेत्र २ बाट एमालेनेतृ विद्या भट्टराईसँग पराजित भएका थिए । तत्कालीन संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री अधिकारीको ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी ज्यान गएपछि सो क्षेत्र रिक्त रहन गएको थियो ।
तत्कालीन प्रजातान्त्रिक कांग्रेस कास्कीका सभापति उनी हाल कांग्रेस महाधिवेशन प्रतिनिधि थिए । उनले जीवनकालमा लामो समय प्राध्यापन पनि गरे । शुक्रराज माविका संस्थापक प्रध्यानाध्यापक उनी राष्ट्रिय मावि, छोरेपाटन मावि लगायतमा पनि अध्यापन गरेका थिए । लामो समयसम्म कांग्रेसमा आबद्ध पौडेल लाभको पदबाट भने सधैं वञ्चित रहेका छन् । उनी पोखरा २२, पुम्दीभुम्दी निवासी हुन् ।
प्रतिक्रिया दिनुहोस्