Ads

एमाले सचिवालय बैठक बस्दै, यस्ता छन् एजेन्डा


काठमाडौं । नेकपा एमालेको सचिवालय बैठक आइतबार बस्दैछ।

बैठक ललितपुरको च्यासलस्थित एमाले केन्द्रीय कार्यालयमा आज दिउँसाे एक बजे बस्नेछ।

बैठकमा राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकको तयारी, नेकपाको ७५ औं स्थापना दिवस, यही वैशाख १५ गते हुने उपनिर्वाचनलगायत समसामयिक राजनीतिक विषयमा छलफल हुने एमाले केन्द्रीय कार्यालयका सचिव डा भीष्म अधिकारीले जानकारी दिए।

एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठक यही वैशाख ८ र ९ गते ललितपुरको गोदावरीमा राखिएको छ।

परिषद् बैठकले केन्द्रीय कमिटी र केन्द्रीय निकायका तर्फबाट प्रस्तुत प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने, समग्र कामको समीक्षा गर्ने र आवश्यक निर्देशन दिने गर्छ।

Ads

सम्बन्धित पोष्टहरू