काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबिच भेटवार्ता भएको छ ।
बिहीबार मन्त्रिपरिषद् बैठकलगत्तै प्रचण्ड र ओलीबीच सिंहदरबारमा भेटवार्ता भएको हो । झापाबाट काठमाडौं फर्किएलगत्तै प्रधानमन्त्री प्रचण्डलाई भेट्न सिंहदरबार पुगेका हुन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अध्यक्ष ओली प्रधानमन्त्री प्रचण्डलाई भेट्न पुगेका हुन् ।
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्री नियुक्तिसहितको विवाद सुल्झिसकेको छैन । सोहीलगायत समसामयिक विषयमा छलफल भइरहेको छ ।
प्रतिक्रिया दिनुहोस्