Ads

विवेकशील साझा विवाद : मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय


काठमाडौँ ।  विवेकशील साझा पार्टीको असन्तुष्ट पक्षको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रलाई ३ दिने स्पष्टीकरण सोध्ने निर्णय गरेको छ ।

आज(सोमबार) बसेको बैठकले अध्यक्ष मिश्रले पार्टीभित्र एकलौटी निर्णय गर्न खोजेको भन्दै निस्कासन किन नगर्ने भनेर स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।

मिश्रले प्रदेश संयोजकहरु तोक्नुका साथै २६ जना केन्द्रीय सदस्यलाई निष्कासन गर्ने निर्णय सुनाएपछि नेताहरुले असन्तुष्ट व्यक्त गरेका थिए । बैठकमा गरिएका चारबुँदे निर्णय लिएर असन्तुष्ट समूहका नेताहरु आज निर्वाचन आयोग पुगेका हुन् ।

मिश्रलाई पार्टीको कुनैपनि बैठक आह्वान गर्न नपाउने गरी रोक लगाउने निर्णय पनि असन्तुष्ट समूहको बैठकले गरेको छ । स्पष्टीकरण प्राप्त भएर वैधानिक कारबाही नहुँदासम्म मिश्रलाई बैठक आह्वान गर्न रोक लगाइएको निर्णयमा उल्लेख रहेको छ ।

Ads

सम्बन्धित पोष्टहरू