काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकपछि सभापति शेरबहादुर देउवासहित हाइ कमाण्डको बैठक बसेको छ ।
बैठकमा चुनावी गठबन्धनको पक्षमा बहुमत भएपछि बैठक भोलि(मंगलबार) सम्मका लागि स्थगित गरेर हाइ कमाण्डको बैठक बसेको हो ।
उक्त बैठकमा सभापति देउवासहित, वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति पूर्णबहादुर खड्का, धनराज गुरुङ, महामन्त्री गगन थापा, विश्वप्रकाश शर्मा, पूर्वमहामन्त्री डा. शशांक कोइराला र शेखर कोइराला सहभागी थिए ।
मंगलबार बस्ने बैठकले गठबन्धनबारे अन्तिम निर्णयसहित प्रस्ताव पारित गर्ने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्