काठमाडौँ । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टीले पार्टी (लोसपा) स्थापना भएपछि पहिलो पटक कार्यकारिणी समितिको बैठक बोलाइएको छ ।
लोसपा केन्द्रीय कार्यालय बबरमहलस्थितमा भोलि(बुधबार) बाट बस्ने बैठकले स्थानीय तहको निर्वाचन र समयसामयिक राजनीतिक विषयका बारेमा छलफल गर्ने बताइएको छ । पार्टीको आन्तरिक संगठन र गठबन्धनका विषयमा पछि छलफल हुने छ ।
बैठकमा २८ जना नेताले आफ्नो धारणा राख्नेछन् ।
प्रतिक्रिया दिनुहोस्