‘पेट्रोलियम पदार्थमा बढ्दै गइरहेको मूल्यवृद्धिलाई यस्ता साधन सञ्चालन गरेपछि हामीलाई धेरै राहत हुनेछ । बढ्दै गएको प्रदूषण कम गर्न यसले ठूलो मद्दत गर्नेछ, म आफै अहिले चढेर आएँ धेरै राम्रो छ’ लुम्बिनीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ।
काठमाण्डौ । राजधानी बाहिर पहिलो पटक निजी क्षेत्रले विद्युतीय बस सञ्चालनमा ल्याइएको छ । सुन्दर यातायात प्रालिले रुपन्देही र कपिलवस्तुमा विद्युतीय बस सञ्चालनमा ल्याउन लागेको हो ।
विद्युतीय बसको उद्घाटन नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्नुभयो ।
निजी क्षेत्रको सुन्दर यातायात प्रालिले रुपन्देहीको मणिग्रामदेखि गौतम बुद्धको जन्मस्थल कपिलवस्तुको लुम्बिनीसम्मको ३३ किलोमिटर दूरीमा विद्युतीय बस सञ्चालनमा ल्याएको हो।
उद्घाटनपछि ओलीले मणीग्रामबाट लुम्बिनीसम्म ३३ किलोमिटरको यात्रा विद्युतीय बसबाटै गर्नु भयो । ओलीसंगै एमाले उपाध्यक्ष बिष्णु प्रसाद पौडेल लगायतले सो बसमा यात्रा गर्नुभयो ।
सुन्दर यातायात प्रालिका सञ्चालक डिआर घिमिरेका अनुसार अध्यक्ष ओलीले लुम्बिनीदेखि भैरहवास्थित गौतम बुद्ध विमानस्थलसम्मको १६ किलोमिटर दूरी पनि विद्युतीय बसमै यात्रा गर्नु भएको थियो ।
सुन्दर यातायात प्रालिले काठमाडौंको रिङ रोडमा पनि केही वर्षदेखि विद्युतीय बस चलाइरहेको छ।
लुम्बिनीमा एमालेले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा पनि एमाले अध्यक्ष ओली वातावरणीय प्रदूषण कम गर्नका लागि सुन्दर यातायातले सुरु गरेको यो अभियानमा सबैले साथ दिन आग्रह गर्नुभयो ।
‘पेट्रोलियम पदार्थमा बढ्दै गइरहेको मूल्यवृद्धिलाई यस्ता साधन सञ्चालन गरेपछि हामीलाई धेरै राहत हुनेछ । बढ्दै गएको प्रदूषण कम गर्न यसले ठूलो मद्दत गर्नेछ, म आफै अहिले चढेर आएँ धेरै राम्रो छ’ लुम्बिनीमा आयोजित कार्यक्रममा उहाँले भन्नुभयो ।
प्रतिक्रिया दिनुहोस्