Ads

जसपा विभाजनले गठवन्धनमा कस्तो असर पार्ला ?


काठमाडौ\ सत्ता साझेदार दल जनता समाजवादी पार्टी नेपाल विभाजन पछि सत्ता गठवन्धनमा कस्तो असर पुग्ला भन्ने अहिले चासोको विषय बनेको छ । उपप्रधान एवम् स्वास्थ्य मन्त्री उपेन्द्र यादव नेतृत्वको जसपा विभाजन भएसँगै प्रधानमन्त्री प्रचण्डले नेतृत्व गरेको सत्ता समीकरण के हुन्छ भन्ने चासो बढेको हो ।

पार्टीका वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठनको प्रकृया अघि बढेको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ ।

प्रधानमन्त्री प्रचण्डलाई हाल प्रतिनिधिसभामा रहेका नेकपा (एमाले) को ७८, माओवादी केन्द्रको ३२, राष्ट्रिय स्वतन्त्र पार्टीको २१, जनता समाजवादी पार्टी ९जसपा०को ११, एकीकृत समाजवादीको १०, नागरिक उन्मुक्ति पार्टीको ४ जना र स्वतन्त्र १ जना गरी १५७ जनाले समर्थन गरेका छन् । जसपा विभाजन भएर बन्ने नयाँ पार्टीमा ८ जना सांसद नेता अशोक राईको पक्षमा लागे भने प्रधानमन्त्रीलाई समर्थन गर्नेको संख्या १४९ हुन्छ । २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि प्रधानमन्त्रीलाई १३७ सांसदको आवश्यक पर्छ । तत्कालै जसपा विभाजन भएर पनि प्रधानमन्त्रीको सत्ता समीकरण नै समस्यामा भने पर्ने अवस्था छैन ।

Ads

सम्बन्धित पोष्टहरू