Ads

प्रकाश सपूतको एउटा गीत नै काफी : प्रसाईं


काठमाडौं । नेकपा एमालेनिकट व्यवसायी दुर्गा प्रसाईंले आगामी निर्वाचनमा माओवादी र नेकपा एसले एक सिट पनि जिते आफू सन्न्यास लिएर वृन्दावन जाने घोषणा गरेका छन् । उनले विरोधी पार्टीहरूलाई एक्लाएक्लै एमालेविरुद्ध चुनाव लड्न चुनौती दिए ।

सूर्यविनायकमा आफैंले स्थापना गरेको नेपालकै सबैभन्दा ठूलो तरकारी बजार उद्घाटन समारोहमा प्रसाईले यस्तो चुनौती दिए ।

उनले भने, ‘अरुको त भन्दिनँ, माओवादी र अर्को एस कि के भन्ने नक्कली पार्टीले नेपालको कुनै पनि निर्वाचन क्षेत्रबाट एक मात्र पनि सिट जिते भने मेरो सम्पूर्ण सम्पत्ति तिनीहरूको इच्छाएको व्यक्तिको नाममा राजीनामा पास गरेर सन्न्यास ग्रहण गरेर वृन्दावन जाने छु । मेरो यही भनाइलाई प्रमाण मानेर दाबी लिए पुग्छ ।’

प्रसाईंले माओवादीका बारेमा वर्णन गर्न प्रकाश सपूतको एउटा गीत नै काफी हुने बताए ।

उनले भने, ‘न्यूनतम राजनीतिक नैतिकता पनि नराखी टाउकोको मूल्य तोक्ने वर्गसत्रुसँग घाँटी जोड्नेलाई मैले धेरै टिप्पणी गर्नु छैन, उनीहरूलाई जवाफ दिन प्रकाश सपूतको गीतका १६ मिनेट नै काफी छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू