Ads

सत्ता गठबन्धनको बैठक बिहिबार बस्ने


काठमाडौँ । सत्ता गठबन्धनमा आबद्ध दलका शीर्ष नेताहरूको बैठक बिहीबार बस्ने भएको छ । बैठक बिहीबार बिहान साढे १० बजे प्रधानमन्त्रीको सरकारी निवास, बालुवाटारमा बस्नेछ।

बिहीबारको बैठकमा आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि गठबन्धनमा आबद्ध रहेको दलहरूबीच छलफल हुने बताइएको छ ।

मंगलबार बसेको नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले चुनावी तालमेल स्थानीय तहको आवश्यक्ताअनुसार गर्ने निर्णय गरेको थियो । उक्त निर्णयपछि गठबन्धनमा आबद्ध दलहरू समीकरण बनाउनका लागि छलफलमा जुट्ने भएका हुन् ।

Ads

सम्बन्धित पोष्टहरू