काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले जसपा फुटाएको पत्रकारको प्रश्नमा आफूबाहेक नेपालमा कसैले कसैलाई नदेख्ने टिप्पणी गरेका छन् । उनले जसपा फुटाउन आफ्नाे कुनै भूमिका नरहेकाे बताए ।
सभामुख देवराज घिमिरेले बोलाएको प्रमुख दलका शीर्ष नेताहरूको बैठकपछि बाहिरिने क्रममा पत्रकारले उनलाई जसपा फुटाउन भूमिका खेलेकाे आराेप छ नि त तपाईंलाई भनेर प्रश्न गरेका थिए । जवाफमा प्रचण्डले भने, ‘अरु कल्लाई देख्छन् र मान्छेले प्रचण्डबाहेक याे देशमा…!’
तपाईंकाे भूमिका छैन उसाे भए पत्रकारले प्रश्न थपे । ‘छैन छैन मेराे भूमिका केही छैन,’ हतारिँदै जवाफ दिएर प्रचण्ड अगाडि बढे ।
प्रतिक्रिया दिनुहोस्