काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्थानीय निर्वाचनमा जस्तोसुकै अप्ठ्यारो परिस्थितीको पनि सामना गर्ने बताएका छन् ।
चुनावमा गठबन्धन एकतावद्ध भएर अघि बढ्ने भएकाले जे जस्तो समस्याको पनि सामना गर्न तयार रहेको बताएका हुन् । आज(बिहिबार) रिपोर्टस क्लबको वार्षिकोत्सव समारोहमा पुगेका प्रधानमन्त्री देउवाले निर्वाचनमा गठबन्धनको सहकार्यलाई जारी राख्ने निर्णयसंगै आफूले सबैलाई सहयोग गर्ने बताएका छन् ।
कांग्रेसले यसअघि नै गठबन्धनलाई सँगै लैजाने निर्णय गरेको बताउँदै अप्ठ्यारो परिस्थितीको पनि समाधान गर्दै अगाडि बढ्न तयार रहेको जनाएका छन् । उनले निर्वाचनका विषयमा निष्पक्ष रहेर सञ्चार क्षेत्रले महत्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने समेत बताएका छन्।
प्रतिक्रिया दिनुहोस्