काठमाण्डौ । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनताको जीवनमा परिवर्तन ल्याउन सक्ने विकल्प एमालेबाहेक कोही नभएको बताएका छन् ।
प्युठानको माण्डवी गाउँपालिका जसपुरको प्रशासनिक भवन र सरूमारानी गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै उनले राष्ट्रिय जनमोर्चा र नेकपा मसालले कहिले पनि विकास समृद्धिको कुरा नगरेको बताएका छन् ।
प्युठानमा मात्र सीमित रहेका यिनले सधैँ विद्रोहको कुरा गर्ने तर जनताको जीवन परिवर्तनका कुरा कहिले पनि नगरेको उनले बताए ।
महासचिव पोखरेलले भने, ‘मसाल र राजमोले सधैँ विद्रोहका कुरा मात्र गर्छ, विकास र समृद्धिका कुरा कहिल्यै नगर्ने पार्टीलाई अब पनि चुनाव जिताएर पठाएमा प्युठान विकासमा अझ पछाडि पर्न सक्छ ।’
पोखरेलले पाँच दलीय गठबन्धन जनताको सेवा गर्नका लागि नभई व्यक्तिगत स्वार्थ पूरा गर्नका लागि मात्र बनेको उल्लेख गरे ।
प्रतिक्रिया दिनुहोस्