Ads

निर्वाचन आयोगले ७९ वटा दललाई बोलायो


काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिताका विषयमा छलफल गर्न दलहरूलाई बोलाएको छ ।

बिहान साढे ११ बजेका लागि बैठक बोलाइएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले जानकारी दिए ।

निर्वाचनको मिति नजिकिएसंगै दलहरुले पालना गर्नुपर्ने आचारसंहिता कार्यन्वयनका लागि छलफल गर्न लागिएको आयोगले जनाएको छ ।

निर्वाचन आयोगले यस अघिनै आचारसंहिता निर्माण गरेको भएपनि दलहरुको प्रतिवद्धताका लागि छलफल आयोजना गरिएको आयोगका प्रवक्ता पौडेलले बताए ।

निर्वाचन आयोगमा ७९ राजनीतिक दल दर्ता छन् । स्थानीय तह निर्वाचन, २०७९ आउँदो वैशाख ३० गते हुँदै छ ।

Ads

सम्बन्धित पोष्टहरू