काठमाडौं । पत्रकार ऋषि धमलाले प्रधानमन्त्री चढेको जहाजभित्रबाट प्रत्यक्ष प्रशारण गर्ने नाममा हुल हुज्जत गरेकोबारे प्रेस काउन्सिलमा स्पष्टीकरण दिएका छन् ।
काउन्सिलले हिजो २४ घण्टाको म्याद दिएर सोधेको स्पष्टीकरणको जवाफ धमलाले आज पठाएका हुन् ।
काउन्सिल स्रोतका अनुसार धमलाले घटनाप्रति आत्मालोचना गरेका छन् । आइन्दा यस्तो गतिविधि नगर्ने उनको प्रतिबद्धता छ ।
स्पष्टीकरण पत्रमा धमलाले आफू पत्रकार आचार संहितालाई लिएर प्रतिबद्ध रहेको पनि उल्लेख गरेका छन् ।
काउन्सिलले धमलासहित प्राइम टेलिभिजनका समाचार प्रमुखलाई पनि स्पष्टीकरण सोधेको थियो । उक्त टिभीबाट बारम्बार आचारसंहिता विपरीतका कार्यहरू भइरहेको प्रति ध्यानाकर्षण गराइएको थियो ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले धमलाबाट स्पष्टीकरणको जवाफ आएको पुष्टि गरे ।
प्रतिक्रिया दिनुहोस्