काठमाडौं । स्थानीय तह निर्वाचनको तयारी र चुनावी गठबन्धनबारे छलफल गर्नका लागि बसेको सत्तागठबन्धनको शीर्ष बैठकले चुनावी तालमेलका पक्षमा संयुक्त वक्तव्य जारी गर्ने भएको छ ।
आज(शुक्रबार) प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकले तालमेलका पक्षमा देशव्यापी माहोल सिर्जना गर्न संयुक्त वक्तव्य जारी गर्ने निर्णय गरेको हो ।
कतिपय जिल्लाहरूमा देखिएको गठबन्धनका समस्याबारे बैठकमा छलफल गर्दै गठबन्धनदलहरुबीच तालमेलका विषयका सहमति नजुटेपछि केन्द्रीय शीर्ष नेताहरूले संयुक्त वक्तव्य जारी गर्ने भएका हुन् ।
प्रतिक्रिया दिनुहोस्