काठमाण्डौ । नेकपा माओवादी केन्द्रले निर्वाचनलाई लक्षित गरी बनाएको प्रचार सामग्रीमा नेपाल विद्युत् प्राधिकरणका प्रमुख कुलमान घिसिङलाई प्रयोग गरेको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सार्वजनिक गरेको प्रचार सामग्रीमा कुलमानको तस्वीर प्रयोग गरिएको छ ।
चुनावी प्रचार सामग्रीमा प्रचण्ड र अहिलेका अर्थमन्त्री जनार्दन शर्मासँगै कुलमानको तस्बिर राखिएको छ । जहाँ लेखिएको छ– अध्याँरोबाट उज्यालोको यात्रा ।
शिरानमा माओवादीको चुनाव चिह्न राखिएको उक्त समग्रीमा राति बिजुली बलेको तस्बिर पनि राखिएको छ ।
जनार्दन शर्मा ऊर्जामन्त्री र घिसिङ प्राधिकरण प्रमुख भएका बेला लोडसेडिङ हटेको भन्ने संकेत गर्न उक्त पोस्टर सार्वजनिक गरेको बुझिन्छ ।
यसबारेमा विभिन्न सामाजिक सञ्जालहरुमा टिका टिप्पणी सुरु भएको छ । तर यस बारे अहिलेसम्म माओवादी र कुलमान घिसिङले आधिकारीक धारणा सार्वजनिक गरिसकेका छैनन् ।
प्रतिक्रिया दिनुहोस्