काठमाडौं । नेकपा एमालेको स्थानीय तह निर्वाचन घोषणापत्र मस्यौदा कार्यदलले भोलि घोषणापत्रलाई अन्तिम रूप दिने भएको छ ।
पार्टी कार्यालय थापाथलीमा आज बसेको कार्यदलको बैठकमा स्थानीय तह निर्वाचन घोषणापत्रको मस्यौदामा छलफल भएको र सकेसम्म भोलि नै अन्तिम रूप दिने एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिनुभयो ।
कार्यदलमा मस्यौदाका विषयमा विस्तृत रूपमा छलफल भएको उहाँले बताउनु भयो । वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलको संयोजकत्वमा एमालेले सात सदस्यीय कार्यदल बनाएको थियो ।
घोषणापत्र वैशाख ९ गते पार्टी स्थापना दिवसको अवसरमा सार्वजनिक गर्ने र सोही दिन ७५३ वटै पालिकामा प्रतिबद्धतापत्र सार्वजनिक गर्ने एमालेको तयारी छ ।
प्रतिक्रिया दिनुहोस्