Ads

काठमाडौँ मेयरका लागि एमालेले गर्‍यो पाँच जनाको नाम सिफारिस


काठमाडौँ  । काठमाडौं महानगरपालिकाको मेयर उम्मेदवारका लागि नेकपा एमाले पाँच जनाको नाम सिफारिश गरेको छ।

एमाले काठमाडौं महानगर कमिटिको बुधबार बसेको बैठकले मेयर उम्मेदवारका लागि पाँचजनाको नाम केन्द्रलाई सिफारिश गरेको हो।

काठमाडौं मेयर उम्मेदवारमा एमालेबाट सिफारिश हुनेहरुमा विद्यासुन्दर शाक्य, रामवीर मानन्धर, केशव स्थापित, निर्मल देउला, इन्दिरा पन्त छन् । जिल्ला कमिटीको सिफारिशमा परेका मध्येबाट स्थायी कमिटिले उम्मेदवार तोक्ने छ।

मेयर सिफारिशमा परेका विद्यासुन्दर शाक्य अहिले पनि मेयर छन् । त्यस्तै केशव स्थापित पूर्व मेयर हुन् । रामवीर मानन्धर पुर्वमन्त्री हुन् ।

पमेयरका लागि पनि एमालेले पाँच जनाको नाम सिफारिश गरेको छ । रत्ना गुरुङ, पेम्बा लामा, निना काफ्ले, शान्ति अधिकारीको नाम सिफारिश गरेको छ। उपमेयरमा सिफारिश रत्न गुरुङ्ग संविधान सभा सदस्य हुन, त्यस्तै शान्ति अधिकारी अनेमसंघकी केन्द्रीय महासचिव हुन् ।

Ads

सम्बन्धित पोष्टहरू