काठमाडौँ । स्थानीय तहको चुनावका लागि उम्मेदवार छिटो चयन गर्न नेकपा माओवादी केन्द्र केद्रित हुने भएको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एकताबद्ध भई परिणाम देखिने गरी चुनावमा होमिन पर्ने भन्दै सबैलाइ निर्देशन दिएका छन् ।
आज(शुक्रबार) प्रचण्ड निवास खुमलटारमा बसेको बैठकले उम्मेदवारहरु छिटो चयन गर्ने र परिणाम देखिने गरी अगाडि बढ्ने निर्णय गरेको हो । बैठकमा उपस्थित पूर्वस्थायी समिति र प्रदेश इञ्चार्जहरुका अनुसार गठबन्धन दलहरुका बीचमा शीर्ष नेतृत्वले छलफल गर्ने र अन्य नेताहरु जिम्मेवारी अनुसार सम्बन्धित पालिकामा उम्मेदवार चयन गर्ने गरी प्रस्तुत हुने निर्णय भएको छ ।
गठबन्धन दलहरुबीच चुनावी तालमेलको सैद्दान्तिक सहमति भए पनि कुन पालिकामा कसको उम्मेदवारी हुने भन्ने विषयमा अझै टुंगो लाग्न सकेको छैन ।
प्रतिक्रिया दिनुहोस्