काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन परिचालन समिति बैठक जारी छ । अहिले पार्टी केन्द्रीय कार्यालय सानेपामा जारी बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनकाबारे छलफल हुनेछ । बैठकमा उमेदवार सिफारिस, छनोट तथा गठबन्धनदलको साझा उमेदवारलाई कुन ठाउँमा कसरी जिताउनेलगायतका विषयमा छलफल हुने बताइएको हो ।
नगरपालिका र गाउँपालिकाका उमेदवारको टुंगो लगाउने जिम्मा सहमहामन्त्रीहरुको रहेको छ । कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठकले सो जिम्मेवारी दिएको हो ।
प्रतिक्रिया दिनुहोस्