काठमाडौं । कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल नेतृत्वमा बनेको निर्वाचन तयारी तथा अनुगमन समिति कार्यदलको बैठक आज(आइतबार) बस्दैछ । दिउसो १ बजे बस्ने बैठकमा जिल्लाबाट आएका प्रतिवेदनमाथि छलफल गर्ने र टुंगोमा पुग्ने सहमति भएको बताइएको छ ।
त्यस्तै सत्तारूढ गठबन्धनले स्थानीय तह निर्वाचनका लागि सिट बाँडफाँटको जिम्मा कार्यदललाई दिएको छ । आज(आइतबार) बिहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकले कार्यदललाई सिट बाँडफाँटको जिम्मेवारी दिने निर्णय गरेको हो ।
उक्त जिम्मेवारी पाएसंगै कार्यदलले सिट बाँडफाँटको प्रस्ताव शीर्ष नेताहरूमाझ प्रस्तुत गर्ने र अन्तिम निर्णय गरिने बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्