सोलुखुम्बु । नेपाली कांग्रेसका महाधिवेशन प्रतिनिधि तथा सोलु दुघकुण्ड नगरपालिकाका मेयरका दाबेदार आङकाजी शेर्पा एमालेमा प्रवेश गरेका छन् ।
नगरपालिकाको वडा नम्बर २ बाट निर्वाचित कांग्रेसका वडाध्यक्ष मिङ्मार दोर्जी शेर्पा, पूर्व महाधिवेशन प्रतिनिधि कुसाङ शेर्पा, सम्पर्क समितिका उपाध्यक्ष ज्ञानुराज भण्डारीसहितको समूह लिएर उनि एमालेमा प्रवेश गरेका हुन् ।
कांग्रेस नेता शेर्पाको समूहलाई एमाले प्रवेश गराउन अध्यक्ष केपी शर्मा ओली, वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, पूर्व मुख्यमन्त्री शेरधन राई, प्रदेश १ का पूर्व भौतिक पूर्वाधारमन्त्री अम्बिरबाबु गुरुङसहितका नेता सोलुखुम्बु पुगेका थिए ।
सोही कार्यक्रममा माप्य दूधकोशी गाउँपालिकामा कांग्रेस र माओवादीबाट निर्वाचित वडा नम्बर ६ र ७ का वडाध्यक्षहरु दिनेश कुमार राई र सगुजीत राई पनि एमालेमा प्रवेश गरेका छन् ।
सोलु दूधकुण्ड नगरपालिकाको मेयरमा अघिल्लो चुनावमा एमालेका आङ इगेले शेर्पा १५० मतले पराजित भएका थिए । कांग्रेसका नाम्गेल शेर्पाले २७५१ मत पाएर मेयर जित्दा एमालेका शेर्पा २६०१ मतमा रोकिएका थिए ।
उपमेयर भने एमालेका कल्पना राईले जित्नु जितेकि थिईन।
प्रतिक्रिया दिनुहोस्