Ads

उम्मेदवार सिफारिस लगत्तै बुटवल कांग्रेसमा विवाद,असन्तुष्टहरुद्धारा उजुरी


बुटवल। नेपाली कांग्रेसले बुटवलको मेयरमा खेलराज पाण्डेलाई सिफारिस गरेपछि विवाद उत्पन्न भएको छ । सर्वसम्मत निर्णय भन्दै नगर सचिव छाया पोखरेलले मिडियालाई सूचना दिएपछि मेयर पदका अन्य आकांक्षीहरूले विरोध जनाएका छन् ।

कांग्रेस प्रदेश कार्यालयमा आजै असन्तुष्ट अर्को समूहले निवेदन दर्ता गराएको छ । क्षेत्रीय सभापति हरि लम्साल, प्रदेश २ क र ख का सभापतिहरू क्रमशः पर्शुराम ढकाल र खड्क बहादुर महत लगायतले निवेदन दिएका हुन् ।

मेयर पदका आकांक्षी हरि लम्सालले नगर समितिले कुनै सामूहिक निर्णय नगरी एकपक्षीय भएकाले प्रदेश कार्यालयमा निवेदन दिएको बताए ।

संस्थापन इतर समूहका पाण्डे नगर सभापति हुन् भने विरोध जनाउने लम्साल क्षेत्रीय सभापति हुन् । उनी पनि सोही समूहका हुन् ।

कांग्रेस नगर समितिले गरेको निर्णय भन्दै आजै नगर सचिव पोखरेलले मेयरमा पाण्डे र उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको जानकारी दिएका थिए ।

यस्तै आजै उपमेयरमा ८ जनाको नाम सिफारिस गरेको थियो ।

आज गरेको उक्त सिफारिसको विरोधमा यस क्षेत्रका १७ जना कांग्रेसका नेताहरूले एक वक्तव्य जारी गर्दै नगर समितिले गरेको सिफारिस बदर गर्न लुम्बिनी प्रदेश समितिसमक्ष माग गरेका छन् ।

 

Ads

सम्बन्धित पोष्टहरू