काठमाण्डौ । आगामी स्थानीय तह निर्वाचनका लागि देशका ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारबारे छलफल गर्न नेकपा एमालेको सचिवालय बैठक बस्दैछ ।
अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा दिउसो १ बजे बस्ने बैठकमा उम्मेदवारको मापदण्डबारे छलफल हुने एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिए ।
सत्तागठबन्धनले महानगर र उपमहानगरको भागबण्डा मिलाएको भोलिपल्ट प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको सचिवालय बैठक बस्न लागेको छ ।
बैठक स्थानीय तह निर्वाचनका उम्मेदवार र प्रतिस्पर्धी दलविरुद्ध अपनाइने रणनीतिमा केन्द्रित हुने रिमालको भनाइ छ ।
एमालेको चुनावी घोषणापत्रको मस्यौदालाई यसअघि नै सचिवालय बैठकले अनुमोदन गरिसकेको छ ।
प्रतिक्रिया दिनुहोस्