Ads

एमाले सचिवालय बैठक : महानगर र उपमहानगरका उम्मेदवार छनाैट १० गतेमात्रै,गण्डकी र लुम्बिनीका सांसदलाई उम्मेदवार नबनाउने


काठमाडाै । नेकपा एमालेले वैशाख १० गते बैठकबाट महानगर र उपमहानगरपालिकाका मेयर र उपमेयरका उम्मेदवार छनोट गर्ने भएको छ ।

बिहीबार बसेको एमाले केन्द्रीय सचिवालय बैठकमा सातै प्रदेशबाट महानगर र उपमहानगरका लागि उम्मेदवार सिफारिस गरेका नामहरूबारे सामान्य छलफल गर्दै अर्को बैठकले उम्मेदवार तय गर्ने निर्णय गरेको प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङले जानकारी दिए ।

‘आजको बैठकमा सातै प्रदेशबाट सिफारिस भएर आएका नाममा छलफल गर्यौ’, बैठकपछि गुरुङले भने, ‘बैशाख १० गते ३ बजे बस्ने बैठकले निर्णय गर्छ । ’ उनले ६ महानगर र ११ उपमहानगरपालिकाका उम्मेदवारका लागि चितवन, विरगञ्ज र ललितपुरमा एकएक जना सिफारिस भएपनि अन्य तीन महानगरमा मेयरका उम्मेदवार धेरै रहेको बताए ।

नेता गुरुङका अनुसार चितवनको भरतपुरमा विजय, सुवेदी, वीरगञ्जमा विजय सरावगी र ललितपुरमा हरिकृष्ण व्याञ्जनकार सिफारिस भएका छन् ।

यसैविच सरकार परिवर्तनको सम्भावनालाई ख्याल गर्दै नेकपा एमालेले गण्डकी र लुम्बिनीका प्रदेश सांसदहरुलाई स्थानीय तहको उम्मेदवार नबनाउने भएको छ ।

बिहीबार बसेको सचिवालय बैठकले ती प्रदेशका सांसदलाई स्थानीय तह निर्वाचनमा उम्मेदवार नबनाउने रणनीति बनाएको उपमहासचिव पृथ्वी सुब्बा गुरुङले जानकारी दिए ।

Ads

सम्बन्धित पोष्टहरू