काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज(शुक्रबार) बस्दै छ। बैठकमा आगामी बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि उम्मेदवारबारे छलफल गर्ने बताइएको हो।
बैठक सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो २ बजे बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन्। निर्वाचनका लागि यही वैशाख ११ र १२ गते उमेदवारी दर्ता गर्नु पर्नेछ।
सत्तारुढ गठबन्धनमा कांग्रेसलाई ३ वटा महानगर र ७ वटा उपमहानगरको प्रमुख भाग परेको छ।
प्रतिक्रिया दिनुहोस्