Ads

स्थानीय तह निर्वाचनका लागि आजबाट उम्मेद्वारी दर्ता सुरु


काठमाडौ । वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका लागि मतदान प्रक्रिया सुरु हुँदैछ ।

निर्वाचन कार्यतालिकाअनुसार आज देशभरका स्थानीय तहमा विभिन्न राजनीतिक दलले उम्मेदवारी मनोनय दर्ता गर्दैछन् । मनोनयन गर्दाका लागि निर्वाचन आयोगले आज र भोलि तोकेको छ ।

३० गते मतदान हुनुपूर्व उम्मेदवारी फिर्ता, उम्मेदवारमाथि दाबी–विरोधलगायतका प्रक्रिया हुनेछन् । १७ गते अन्तिम उम्मेदवारको नामावली प्रकाशित हुनेछ ।

निर्वाचन आयोगले मनोनय दर्ताका लागि दुई दिन तोकेका कारण अधिकांश स्थानमा ठूलो राजनीतिक दलले भोलि मात्रै उम्मेदवारी दर्ता गर्ने तयारी गरेका छन् ।

उम्मेदवार टुंग्याउन बाँकी रहेका दलले भोलि मात्रै मनोनयन दर्ता गर्नेछन् ।

स्रोतका अनुसार निर्वाचन आयोगले सत्ता गठबन्धनले एकैदिनमा उम्मेद्वारी टुंग्याउन सकस पर्ने सम्भावनालाई मध्य नजर गरेर दुईदिनको मनोनयन समय दिएको हो ।

Ads

सम्बन्धित पोष्टहरू